बागलुङ, ४ चैत । मुस्ताङमा पर्यटकीय चहलपहल सुरु भएको छ ।
पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दो छ । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । मध्यजाडोमा हिमपातसँगै अत्यधिक चिसो झेलेको मुस्ताङले अहिले न्यानोसहित पर्यटकलाई स्वागत गरिरहेको छ ।
पुस–माघमा एकाध पर्यटक देखिने मुस्ताङका गन्तव्यमा अहिले बाक्लै आन्तरिक तथा बाह्य पर्यटक देखिन्छन् । फागुन लागेसँगै पर्यटक आगमन बढेको मुस्ताङका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । जोमसोमका होटल व्यवसायी अनिता शेरचनले बास बस्ने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएको बताउनुभयो ।
“पर्यटक नआउँदा सुनसान बनेका होटलमा चहलपहल सुरु भएको छ,” उहाँले भन्नुभयो । हिउँ पर्ने र बढी चिसो हुने हुँदा पुस माघमा पर्यटक आगमन अति न्यून हुने गरेको छ । पर्यटक आगमन सुरु भएपछि मुस्ताङका व्यवसायी उत्साहित बनेका छन् । पछिल्लो समय त्यहाँ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो क्रममा छ । अघिल्ला वर्षका तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढेको लेतेस्थित ‘एन्जल गेष्ट हाउस’का सञ्चालक विमल शेरचनले बताउनुभयो ।
मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा वृद्धि भएको छ । मुक्तिनाथस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पर्यटक चेकपोस्ट तथा सूचना केन्द्रका अनुसार म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाईमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढेको छ । मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ ।
मुक्तिनाथ जाने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय रहेको सूचना केन्द्रका कार्यालय सहयोगी धनप्रसाद गुरुङले बताउनुभयो । मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकको लेखाजोखा राख्ने गरिएको छैन । यहाँ जनवरीमा कुल ६२७ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । फ्रेब्रुअरीमा एक हजार २३२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।
भूकम्प, नाकाबन्दीलगायत कारण गत वर्ष खस्किएको पर्यटन व्यवसाय पुनः फस्टाउने आशा जागेको पर्यटन व्यवसायी बताउँछन् । यातायातको सहजताले पछिल्लो समय मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । ‘एक्याप’ मुस्ताङका अनुसार गत वर्ष कुल ३९ हजार १७ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता