काठमाडौँ, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् ।
पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन दिनभित्र सम्पन्न गरी नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका सबै इकाई समायोजन गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच, पार्टीले यही चैत ५ गते चुनाव चिह्न ‘गाई’ सार्वजनिक गर्ने भएको छ । पार्टीद्वारा सोही दिन राष्ट्रिय सभागृहमा आयोजना गरिने औपचारिक समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको आधिकारिक चुनाव चिह्नका रुपमा ‘गाई’ सार्वजनिक गर्नुहुनेछ ।
राप्रपा र राप्रपा नेपालसँगको एकता महाधिवेशनका क्रममा केही नेताले ‘हलो’ लाई चुनाव चिह्न प्रयोग गर्न माग गरेपछि विवाद भएको थियो । तत्कालीन राप्रपा नेपालले ‘गाई’ तथा राप्रपाले ‘हलो’ चुनाव चिह्नका रुपमा प्रयोग गर्दै निर्वाचनमा सहभागी हुँदै आएका थिए ।
गत फागुन ६ देखि ११ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनले सो विवाद टुङ्गो लगाउन सकेको थिएन । फागुन २० गते बसेको केन्द्रीय कार्य समितिको बैठकले पार्टीको चुनाव चिह्नका रुपमा ‘गाई’ प्रयोग गर्ने निर्णय गरेको थियो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा