पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस

रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि क्रेम्लिन दरबार, मस्कोमा रुसी राष्ट्रपति पुटिनका साथ । तस्बिर, सौजन्यः नेपाली दूतावास, मस्को, रुसी महासंघ, रासस

काठमाडौँ, ३ चैत । रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा आज आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो ।

समारोहमा राजदूत घिमिरेले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी महासङ्घको निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति पुटिनले घिमिरेको स्वागत गर्दै उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको नेपाली राजदूतावास मस्कोद्वारा आज जारी विज्ञप्ति उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री