काठमाडौँ, ३० फागुन । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लाई संविधान संशोधनका बारेमा सहमतिमा आउन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा एमालेका अध्यक्ष केपी शर्मासँग स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था भएका कारण सहमतिका लागि अनुरोध गर्नुभयो ।
अध्यक्ष ओलीले भने निर्वाचनमा केन्द्रित हुन सरकार र प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई अनुरोध गर्नुभयो । प्रधानमन्त्रीको आग्रह सकारात्मक भए पनि संविधान संशोधन प्रस्तावमा सहमति जनाउन एमालेले नसक्ने धारणा ओलीले राख्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले छलफल निरन्तर अगाडि बढाउने समझदारी पनि दुई नेताबीच भएको स्पष्ट गर्नुभयो ।
एमालेद्वारा आयोजित मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कपिलवस्तुको आमसभा छाडेर ‘महत्वपूर्ण भेटघाटका लागि’ एमाले अध्यक्ष ओली आज मात्रै यहाँ आउनुभएको थियो । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच करिब डेढ घन्टा कुराकानी भएको र मुलुकलाई समाधान दिन प्रयासरत रहने सहमति भएको बताइएको छ ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय