काठमाडौँ, ३० फागुन । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)लाई संविधान संशोधनका बारेमा सहमतिमा आउन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा एमालेका अध्यक्ष केपी शर्मासँग स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र सबैलाई मिलाएर लैजानुपर्ने अवस्था भएका कारण सहमतिका लागि अनुरोध गर्नुभयो ।
अध्यक्ष ओलीले भने निर्वाचनमा केन्द्रित हुन सरकार र प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई अनुरोध गर्नुभयो । प्रधानमन्त्रीको आग्रह सकारात्मक भए पनि संविधान संशोधन प्रस्तावमा सहमति जनाउन एमालेले नसक्ने धारणा ओलीले राख्नुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले छलफल निरन्तर अगाडि बढाउने समझदारी पनि दुई नेताबीच भएको स्पष्ट गर्नुभयो ।
एमालेद्वारा आयोजित मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कपिलवस्तुको आमसभा छाडेर ‘महत्वपूर्ण भेटघाटका लागि’ एमाले अध्यक्ष ओली आज मात्रै यहाँ आउनुभएको थियो । प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच करिब डेढ घन्टा कुराकानी भएको र मुलुकलाई समाधान दिन प्रयासरत रहने सहमति भएको बताइएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन