लन्डन । कपिलवस्तु समाज यूकेका अध्यक्ष दीपक श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । आइतबार समाजको कार्यसमिति बैठकमा श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ । श्रेष्ठको राजिनामापछि महेन्द्र विक्रम कुंवरलाई कार्यवहाक अध्यक्ष बनाइएको छ ।
संस्थापक अध्यक्ष श्रेष्ठले कार्यव्यस्तता जनाउंदै पदबाट राजिनामा दिएको र श्रेष्ठलाई संरक्षक बनाइएको समाजका महासचिव हरिश ज्ञवालीले जानकारी दिए । सफल युवा व्यवसायी श्रेष्ठ एनआरएनए यूके कोषाध्यक्ष पनि हुन् । श्रेष्ठले अध्यक्षको पदमा नरहेपनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।
सन् २०१२ मा स्थापित समाजले छोटै समयमा उपलव्धिमुलक काम गरेको छ । संस्थाले भूकम्प पीडितलाई आर्थिक सहयोग देखि बेलायती संसद भवन अगाडि वुद्ध जयन्ती कार्यक्रम, झण्डै तीनसय जनाको एमआरपी फारम भरिदिने लगायतका कार्य गरिसकेको छ । समाजले वुद्ध वृद्धाश्रम निर्माणका लागि वुद्ध फाउण्डेशनसंग सहकार्य गर्ने र यो वर्षपनि ट्राफलगर स्क्वायरमा वुद्ध जयन्ती मनाउने जनाएको छ ।
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ