लन्डन । कपिलवस्तु समाज यूकेका अध्यक्ष दीपक श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । आइतबार समाजको कार्यसमिति बैठकमा श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ । श्रेष्ठको राजिनामापछि महेन्द्र विक्रम कुंवरलाई कार्यवहाक अध्यक्ष बनाइएको छ ।
संस्थापक अध्यक्ष श्रेष्ठले कार्यव्यस्तता जनाउंदै पदबाट राजिनामा दिएको र श्रेष्ठलाई संरक्षक बनाइएको समाजका महासचिव हरिश ज्ञवालीले जानकारी दिए । सफल युवा व्यवसायी श्रेष्ठ एनआरएनए यूके कोषाध्यक्ष पनि हुन् । श्रेष्ठले अध्यक्षको पदमा नरहेपनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।
सन् २०१२ मा स्थापित समाजले छोटै समयमा उपलव्धिमुलक काम गरेको छ । संस्थाले भूकम्प पीडितलाई आर्थिक सहयोग देखि बेलायती संसद भवन अगाडि वुद्ध जयन्ती कार्यक्रम, झण्डै तीनसय जनाको एमआरपी फारम भरिदिने लगायतका कार्य गरिसकेको छ । समाजले वुद्ध वृद्धाश्रम निर्माणका लागि वुद्ध फाउण्डेशनसंग सहकार्य गर्ने र यो वर्षपनि ट्राफलगर स्क्वायरमा वुद्ध जयन्ती मनाउने जनाएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक