लन्डन । हयाम्पसायर प्रहरीले अल्डरसटस्थित भिक्टोरिया रोडको घरमा शुक्रबार सांझ एकजना वृद्ध मरेपछि एक नेपाली महिलालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ गरि हिरासतमा राखिएकी महिला ५० वर्षीया सुकमाया तामाङ रहेको स्थानीयले जनाएका छन् ।
साढे ५ बजे प्रहरी पुग्दा ति वृद्ध बेहोस अवस्थामा पाइएको तर पछि एम्बुलेन्स कर्मचारीले उनलाई मृत घोषणा गरेको जनाउंदै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ । उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे छानबीन शुरु भएको प्रहरी वेबसाइटमा उल्लेख छ ।
मृत्यु भएका व्यक्ति ताप्लेजुङका ७५ वर्षीय मानबहादुर लिम्बु भएको जनाइएको छ । यसअघि स्थानीयले मृत्यु हुने व्यक्ति युवक भएको बताएका थिए । ति वृद्धको विधवा तामाङसंग सन् २०१२ देखि निकट सम्वन्ध रहेको बताइन्छ ।
यसअघि प्रकाशित समाचारमा स्थानीय श्रोतका कारण दिवंगत व्यक्तिबारेको तथ्य केही फरक पर्न गएकामा हामी क्षमा चाहन्छौं – सम्पादक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान