लन्डन । हयाम्पसायर प्रहरीले अल्डरसटस्थित भिक्टोरिया रोडको घरमा शुक्रबार सांझ एकजना वृद्ध मरेपछि एक नेपाली महिलालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ गरि हिरासतमा राखिएकी महिला ५० वर्षीया सुकमाया तामाङ रहेको स्थानीयले जनाएका छन् ।
साढे ५ बजे प्रहरी पुग्दा ति वृद्ध बेहोस अवस्थामा पाइएको तर पछि एम्बुलेन्स कर्मचारीले उनलाई मृत घोषणा गरेको जनाउंदै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ । उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे छानबीन शुरु भएको प्रहरी वेबसाइटमा उल्लेख छ ।
मृत्यु भएका व्यक्ति ताप्लेजुङका ७५ वर्षीय मानबहादुर लिम्बु भएको जनाइएको छ । यसअघि स्थानीयले मृत्यु हुने व्यक्ति युवक भएको बताएका थिए । ति वृद्धको विधवा तामाङसंग सन् २०१२ देखि निकट सम्वन्ध रहेको बताइन्छ ।
यसअघि प्रकाशित समाचारमा स्थानीय श्रोतका कारण दिवंगत व्यक्तिबारेको तथ्य केही फरक पर्न गएकामा हामी क्षमा चाहन्छौं – सम्पादक
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा