
समसायिक राजनीति अवस्थाबारे छलफल गर्न नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत वर्तमान तथा पूर्व पदाधिकारीहरुको बैठक काँग्रेस संसदीय दल सिहदरवारमा बस्दै । तस्बिर ः प्रकाश सिलवाल, रासस
काठमाडौँ, २८ फागुन । नेपाली काँग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सत्ता गठबन्धनमा टिकाइ राख्न र संविधान संशोधन विधेयक पारित गराउन पहल गर्ने भएको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको वर्तमान तथा पूर्व पदाधिकारीसहितको बैठकले मधेस आधारित दलबाट आफ्ना माग पूरा नभए सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने चेतावनीका सम्बन्धमा छलफल गरी सो मोर्चालाई समीकरणमा निरन्तर कायम राख्न पहल गर्ने निर्णय गरेको हो ।
मोर्चाले आफूले उठाएको मागबमोजिम संविधान संशोधन हुनुपर्ने, स्थानीय निकायको निर्वाचनका कार्यक्रम फिर्ता र सप्तरी घटनाका दोषीमाथि कारबाही लगायतका विषयमा यही फागुन २५ गते ध्यानाकर्षण बुझाउँदै एकसाताभित्र माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन स्वतः काम नरहने जानकारी दिएको थियो ।
बैठकपछि काँग्रेस नेता रमेश लेखकले संविधान संशोधन विधेयक पारित गराउने प्रक्रिया अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत दलसँग पार्टीले वार्ता, संवाद र पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पनि पार्टीले पहल गर्ने बताउनुभयो ।
उक्त पदाधिकारी बैठक आगामी चैत १ गते पुनः बस्नेछ ।
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन