सप्तरी, २६ फागुन । प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको हत्या गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन् ।
सप्तरीको मलेखमा सो आयोगको बा७च ७४७९ नंको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट गाडीको झ्यालको शिशा फुट्नुका साथै सामान्य क्षति पुगेको छ ।
त्यस्तै कार्यकर्ताले राजविराज–४ मा रहेको भूमिसुधार कार्यालयमा आगजनी गरेको छ ।
मोर्चाका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एक दर्जन गाडीमाथि ढुङ्गामुढा प्रहार गरी गाडीका झ्याल र ढोकाका शिशा तोडफोड गरी क्षति पुरयाएका छन् ।
मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर विरोध गरिरहेकाले राजविराजको अवस्था अहिले पनि तनावग्रस्त छ ।
चोथौ दिन पनि सप्तरी बन्द
प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ ।
मोर्चाको बन्दको कारण सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलका अनुसार प्रहरीको गोली लागेर चारजना मोर्चाको कार्यकर्ताको मृत्यु भएको र प्रहरीले दमन गरेको विरोधमा सप्तरी जिल्ला अनिश्चितकाल बन्द कार्यक्रमअन्तर्गत जिल्लामा यातायात, कलकारखाना, उद्योगधन्धा, शौक्षिक संस्थालगायत सबै आज पनि बन्द गराएको बताउनुभयो ।
बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्याकर्ता आज पनि बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन गर्दै बन्द गराइरहेका बताइएको छ । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो ।
आज पनि राजविराजमा तनाव कायम रहेको छ भने मधेसी मोर्चाले नेकपा (एमाले)का नेता तथा कार्यकर्ताको घर तोडफोड गरेपछि सो पार्टीका कार्यकर्ता अत्यन्त भयभित भएको र कतिपय कार्यकर्ता पलायन भएको एमालेका कार्यकर्ताले बताएका छन् । उता प्रहरी सुरक्षालाई भने सुदृढ बनाइएको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता