काठमाडौँ, २४ फागुन । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले सप्तरी सोमबार भएको घटनाको विषयलाई लिएर नेपाल बन्दसहित अन्य देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको रयाली प्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको हो ।
सङ्घीय गठबन्धनका प्रवक्ता डा ओम गुरुङले आज जारी गरेको प्रेस विज्ञप्तिमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा सात दिनभित्र फिर्ता लिन समेत सरकारसँग माग गरेको छ ।
सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा सङ्घीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ ।
गठबन्धनले सप्तरी घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोबारे ध्यानाकर्षण गराउँदै मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी), खस, थारु, मुश्लिम, महिला, उत्पीडित समुदाय, सीमान्तकृत र पिछडा वर्ग आदिको समस्याबारे जानकारी गराउन अन्तर्राष्ट्रिय समुदायसँग बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
बैठकले सप्तरीमा घटनामा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका मृतकहरुलाई तत्काल सहीद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आह्वानसमेत गरेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने