
राष्ट्रपति विद्यादेवी भण्डारी नवलपरासीमा निमार्ण भएको शाश्वत धामको मङ्गलबार उद्घाटन गर्नुहुँदै । चौधरी समूहको लगानीमा करिब १७ वर्ष लगाएर शाश्वत धाम निमार्ण भएको हो । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस
कावासोती, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित शाश्वत धामले सांस्कृतिक र धार्मिक पर्यटनको विकास गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
नवलपरासीको दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको आज उद्घाटन गर्दै उहाँले दया, करुणा र सद्भावका साथ राष्ट्रको एकता कायम गर्दै सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आयुर्वेद र योगको ज्ञानको विकास भएको लामो इतिहास भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधता मानवजातिको वैभवका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा आर्ट अफ लिभिङका संस्थापक रविशङ्करले शाश्वत जीवन देख्न शाश्वत धाम आउनुपर्ने बताउँदै सबै धर्म एक साथ रहेका छन् भन्नुभयो ।
भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले शाश्वत धामको विकासले यस क्षेत्रको गरिमा बढेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले योग र साधनाको महत्वपूर्ण केन्द्रका रुपमा सनातन धर्म रहेको बताउँदै सनातन मूल्य र मान्यताको अध्ययन केन्द्रका रुपमा शाश्वत धाम रहेको बताउनुभयो । नेपाली संस्कृतिको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको समेत उहाँले बताउनुभयो ।
श्रीलङ्काका मन्त्री एवम् युनाइटेड नेसनल पार्टीका नेता दया गमावेले आर्ट अफ लिभिङले जीवन जिउने कला सिकाएको बताउनुभयो ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा सनातन धर्मको रक्षा गर्दै देशभरका मन्दिरमा पुजारीको व्यवस्था गर्न धामले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सोही अवसरमा जयपुर फुटका डाडी आर मेहताले कृत्रिम हाटखुट्टा बनाउनका लागि सहयोग पुरयाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । आज नै शाश्वतधाममा प्राणप्रतिष्ठा गरिएको छ । कार्यक्रममा हिन्दू, बौद्ध, शिख र जैन धर्मका गुरुहरुको सहभागिता थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने