
राष्ट्रपति विद्यादेवी भण्डारी नवलपरासीमा निमार्ण भएको शाश्वत धामको मङ्गलबार उद्घाटन गर्नुहुँदै । चौधरी समूहको लगानीमा करिब १७ वर्ष लगाएर शाश्वत धाम निमार्ण भएको हो । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस
कावासोती, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित शाश्वत धामले सांस्कृतिक र धार्मिक पर्यटनको विकास गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
नवलपरासीको दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको आज उद्घाटन गर्दै उहाँले दया, करुणा र सद्भावका साथ राष्ट्रको एकता कायम गर्दै सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
आयुर्वेद र योगको ज्ञानको विकास भएको लामो इतिहास भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधता मानवजातिको वैभवका रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा आर्ट अफ लिभिङका संस्थापक रविशङ्करले शाश्वत जीवन देख्न शाश्वत धाम आउनुपर्ने बताउँदै सबै धर्म एक साथ रहेका छन् भन्नुभयो ।
भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले शाश्वत धामको विकासले यस क्षेत्रको गरिमा बढेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले योग र साधनाको महत्वपूर्ण केन्द्रका रुपमा सनातन धर्म रहेको बताउँदै सनातन मूल्य र मान्यताको अध्ययन केन्द्रका रुपमा शाश्वत धाम रहेको बताउनुभयो । नेपाली संस्कृतिको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको समेत उहाँले बताउनुभयो ।
श्रीलङ्काका मन्त्री एवम् युनाइटेड नेसनल पार्टीका नेता दया गमावेले आर्ट अफ लिभिङले जीवन जिउने कला सिकाएको बताउनुभयो ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा सनातन धर्मको रक्षा गर्दै देशभरका मन्दिरमा पुजारीको व्यवस्था गर्न धामले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सोही अवसरमा जयपुर फुटका डाडी आर मेहताले कृत्रिम हाटखुट्टा बनाउनका लागि सहयोग पुरयाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । आज नै शाश्वतधाममा प्राणप्रतिष्ठा गरिएको छ । कार्यक्रममा हिन्दू, बौद्ध, शिख र जैन धर्मका गुरुहरुको सहभागिता थियो ।
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
रहेनन् अभिनेता सुनिल थापा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते