
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको आयोजनामा सोमबार वीरगन्जमा संविधान संशोधनको माग गर्दै निकालेको मोटरसाइकल रयाली । तस्बिर ः विजयकुमार महतो,पर्सा, रासस
सप्तरी (राजविराज), २३ फागुन । नेकपा(एमाले)को मेची–महाकाली अभियानको कडा विरोध गर्दै सडकमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १० भन्दा बढी कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट आज पक्राउ गरेको छ ।
मधेसी मोर्चाका स्थानीय नेता गजेन्द्र मण्डलका अनुसार सप्तरीको रुपनीबाट पाँच जना, कञ्चपुरबाट पाँच जना र भारदहबाट तीन जना मोर्चाको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत विभिन्न ठाउँमा यातायात बन्द गराउने र सडकमा प्रदर्शन गरेको कारणले पक्राउ गरिएको बताएको छ ।
साथै जिल्लाको ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
एमालेले अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आज गर्न लागिएको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् ।
साथै सप्तरी सदरमुकामसहितको ठाउँमा बजार, कलकारखाना र यातायात पूर्णरुपमा ठप्प रहेका छन् । यता प्रशासनले कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सर्तकता बढाएको छ भने प्रत्येक चोक र सडकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ