
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको आयोजनामा सोमबार वीरगन्जमा संविधान संशोधनको माग गर्दै निकालेको मोटरसाइकल रयाली । तस्बिर ः विजयकुमार महतो,पर्सा, रासस
सप्तरी (राजविराज), २३ फागुन । नेकपा(एमाले)को मेची–महाकाली अभियानको कडा विरोध गर्दै सडकमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १० भन्दा बढी कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट आज पक्राउ गरेको छ ।
मधेसी मोर्चाका स्थानीय नेता गजेन्द्र मण्डलका अनुसार सप्तरीको रुपनीबाट पाँच जना, कञ्चपुरबाट पाँच जना र भारदहबाट तीन जना मोर्चाको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत विभिन्न ठाउँमा यातायात बन्द गराउने र सडकमा प्रदर्शन गरेको कारणले पक्राउ गरिएको बताएको छ ।
साथै जिल्लाको ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
एमालेले अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आज गर्न लागिएको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् ।
साथै सप्तरी सदरमुकामसहितको ठाउँमा बजार, कलकारखाना र यातायात पूर्णरुपमा ठप्प रहेका छन् । यता प्रशासनले कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सर्तकता बढाएको छ भने प्रत्येक चोक र सडकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप