लन्डन । लन्डनस्थित नेपाली दूतावासले त्रिपक्षीय वार्ताका लागि ‘आलटाल’ गरेको भन्दै भूपू गोर्खा दूतावासप्रति आक्रोशित भएका छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको बिहीबार बसेको बैठकमा भूपू गोर्खाले आफूहरुलाई १५ मार्चसम्म लिखित प्रतिवद्धता नआए दूतावासमा हुन लागेको ‘बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ समापन समारोह’ अवरुद्ध बनाउने चेतावनी समेत दिएका छन् । ‘हामीलाई आज आज, भोलि भोलि भन्दै यतिका दिन झुलाइयो’, समितिका अभियान निर्देशक ज्ञानराज राईले प्रश्न गरे, ‘भूपू गोर्खाहरु भोक भोकै छन् । दुःखले छटपटाइरहेका बेला हामीलाई वेवास्ता गरेर दूतावास कसरी सेलिब्रेसनमा रमाउन सक्छ ?’
राईले नेपाल सरकारले लन्डनस्थित दूतावासलाई जिम्मेवारी दिइसकेर पनि राजदूतले गम्भीर रुपमा नलिएको आरोप लगाए । आफ्ना मागलाई गम्भीर रुपमा नलिइए समारोहका बेला हजारौं भूपू गोर्खा दूतावास प्रांगणमा भोकै सुतिदिने चेतावनी समेत राईले दिएका छन् । धेरै दिन लम्बिए आक्रोशित भूपू गोर्खाहरुलाई समितिले रोक्न नसक्ने समेत बताएको छ । दूतावासले मार्च अन्तिम साता त्रिपक्षीय वार्ता हुने आश्वासन दिएपनि भूपू गोर्खा त्यसमा आश्वस्त हुन सकेका छैनन् । दूतावास र सत्याग्रह समितिबीच आगामी ८ मार्चमा बैठक बस्ने तयारी छ ।
समितिले बेलायती रक्षा मन्त्रालयले आफूहरुलाई पटक पटक वार्तामा बोलाएपनि त्यसमा नेपाल सरकारको समेत सहभागिता हुनुपर्ने अडान राख्दै वार्ता वहिष्कार गरिएको जिकिर गर्दै आएको छ ।
समितिले अवकास पाए देखि गोरा सरह समान पेन्सन, रिडन्डेन्सीमा पठाइएकालाई क्षतिपूर्तिसहित ज्याकी डोयल प्राइस प्रतिवेदनले ऐतिहासिक अन्याय भन्दै सरकारलाई दिन सिफारिस गरेका १७ भन्दा बढि जायज मुद्दा सम्वोधन गरिनुपर्ने माग राखेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?