लन्डन । लन्डनस्थित नेपाली दूतावासले त्रिपक्षीय वार्ताका लागि ‘आलटाल’ गरेको भन्दै भूपू गोर्खा दूतावासप्रति आक्रोशित भएका छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको बिहीबार बसेको बैठकमा भूपू गोर्खाले आफूहरुलाई १५ मार्चसम्म लिखित प्रतिवद्धता नआए दूतावासमा हुन लागेको ‘बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ समापन समारोह’ अवरुद्ध बनाउने चेतावनी समेत दिएका छन् । ‘हामीलाई आज आज, भोलि भोलि भन्दै यतिका दिन झुलाइयो’, समितिका अभियान निर्देशक ज्ञानराज राईले प्रश्न गरे, ‘भूपू गोर्खाहरु भोक भोकै छन् । दुःखले छटपटाइरहेका बेला हामीलाई वेवास्ता गरेर दूतावास कसरी सेलिब्रेसनमा रमाउन सक्छ ?’
राईले नेपाल सरकारले लन्डनस्थित दूतावासलाई जिम्मेवारी दिइसकेर पनि राजदूतले गम्भीर रुपमा नलिएको आरोप लगाए । आफ्ना मागलाई गम्भीर रुपमा नलिइए समारोहका बेला हजारौं भूपू गोर्खा दूतावास प्रांगणमा भोकै सुतिदिने चेतावनी समेत राईले दिएका छन् । धेरै दिन लम्बिए आक्रोशित भूपू गोर्खाहरुलाई समितिले रोक्न नसक्ने समेत बताएको छ । दूतावासले मार्च अन्तिम साता त्रिपक्षीय वार्ता हुने आश्वासन दिएपनि भूपू गोर्खा त्यसमा आश्वस्त हुन सकेका छैनन् । दूतावास र सत्याग्रह समितिबीच आगामी ८ मार्चमा बैठक बस्ने तयारी छ ।
समितिले बेलायती रक्षा मन्त्रालयले आफूहरुलाई पटक पटक वार्तामा बोलाएपनि त्यसमा नेपाल सरकारको समेत सहभागिता हुनुपर्ने अडान राख्दै वार्ता वहिष्कार गरिएको जिकिर गर्दै आएको छ ।
समितिले अवकास पाए देखि गोरा सरह समान पेन्सन, रिडन्डेन्सीमा पठाइएकालाई क्षतिपूर्तिसहित ज्याकी डोयल प्राइस प्रतिवेदनले ऐतिहासिक अन्याय भन्दै सरकारलाई दिन सिफारिस गरेका १७ भन्दा बढि जायज मुद्दा सम्वोधन गरिनुपर्ने माग राखेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]