विराटनगर, २० फागुन । नेकपा( एमाले)को मेची–महाकाली राष्ट्रिय जागरण अभियान शनिबारदेखि झापाबाट सुरु हुने भएको छ ।
झापा क्रान्तिअन्तर्गत पक्राउमा परेका पाँच जनालाई झापाको सुखानीमा हत्या गरिएको दिन फागुन २१ गतेदेखि नै १५ दिने अभियान सञ्चालन गर्न लागिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत दलका नेताहरुले शनिबार बिहान ८ बजे झापाको सुखानीमा सहिदको सालिकमा माल्यार्पण गरेपछि १० बजे काँकडभिट्टाबाट अभियानको शुभारम्भ हुनेछ ।
एमाले मोरङका अध्यक्ष विनोद ढकालले आज पत्रकार सम्मेलन गरी फागुन २२ गते पदयात्रा मोरङमा प्रवेश गरेपछि उर्लाबारीमा स्वागत, पथरी र कानेपोखरीमा झाँकी प्रदर्शन, बेलबारीमा सांस्कृतिक प्रदर्शन र विराटचोकमा सभा आयोजना गरिने जानकारी दिनुभयो ।
पदयात्रामा स्थायी रुपमा एक हजार कार्यकर्ताका साथै चिकित्सक, स्वयम्सेवकलगायत रहने छन् । संविधान कार्यान्वयन सामाजिक सद्भाव र राष्ट्रिय एकताको मूल उद्देश्यका साथ सो अभियान शुभारम्भ हुन लागेको बताइएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने