
व्यवस्थापिका–संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहको नेतृत्वको टोलीले सप्तरीको रंनजीतपुरस्थित राजविराज विमानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्दै । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस
सप्तरी (राजविराज), १९ फागुन । लामो समयपछि निर्माण कार्य सुरु भएको राजविराज विमानस्थलको व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको एक टोलीले आज स्थलगत निरीक्षण गरेको छ ।
समितिका सभापति एवम् सभासद प्रभू शाहको नेतृत्वमा आएको टोलीले सप्तरीको रञ्जितपुरस्थित राजविराज विमानस्थलको अनुगमन एवम निरीक्षणपश्चात विमानस्थलको निर्माण र सञ्चालनबारे आवश्यक जानकारीसमेत लियो ।
सो अवसरमा विमानस्थल निर्माण कार्यका प्रमुख रामएकबाल महतोले असारभित्रै जहाज उड्न-अवतरण गर्नसक्ने बिमानस्थल बनाइने कार्य तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले विमानस्थलको एक हजार ५०० मिटर लामो र ३० मिटर चौडा रनवे निर्माण कार्य भइरहेको बताउनुभयो । यो विमानस्थल विराटनगर जस्तै रहनेछ । रु ३० करोड ३० लाख मा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै उहाँले विमानस्थललाई सुचारु गराउनका निम्ति बजेटको कुनै अभाव नरहेको उल्लेख गर्नुभयो ।
समितिका सभापति एवम् सांसद साहले विमानस्थलको प्रतिवेदनसमेत सुनाउँदै आफ्नो नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको तथा त्यहाँ निर्माणमा बजेटको कुनै अभाव हुन नदिने बताउनुभयो । सगरमाथा अञ्चलको सदरमुकाम भएपनि राजविराजबाट जहाज नउड्नु बिडम्बना भएको बताउँदै आगामी वर्षदेखि यस विमानस्थलबाट जहाज उड्ने उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य एवम् सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जीतेन्द्रनारायण देवसहित अधिकांश सदस्यको उपस्थिति थियो ।
कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफुहरुबाट सक्दो सहयोग गरिने बताउनुभयो ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै