
व्यवस्थापिका–संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहको नेतृत्वको टोलीले सप्तरीको रंनजीतपुरस्थित राजविराज विमानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्दै । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस
सप्तरी (राजविराज), १९ फागुन । लामो समयपछि निर्माण कार्य सुरु भएको राजविराज विमानस्थलको व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको एक टोलीले आज स्थलगत निरीक्षण गरेको छ ।
समितिका सभापति एवम् सभासद प्रभू शाहको नेतृत्वमा आएको टोलीले सप्तरीको रञ्जितपुरस्थित राजविराज विमानस्थलको अनुगमन एवम निरीक्षणपश्चात विमानस्थलको निर्माण र सञ्चालनबारे आवश्यक जानकारीसमेत लियो ।
सो अवसरमा विमानस्थल निर्माण कार्यका प्रमुख रामएकबाल महतोले असारभित्रै जहाज उड्न-अवतरण गर्नसक्ने बिमानस्थल बनाइने कार्य तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले विमानस्थलको एक हजार ५०० मिटर लामो र ३० मिटर चौडा रनवे निर्माण कार्य भइरहेको बताउनुभयो । यो विमानस्थल विराटनगर जस्तै रहनेछ । रु ३० करोड ३० लाख मा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै उहाँले विमानस्थललाई सुचारु गराउनका निम्ति बजेटको कुनै अभाव नरहेको उल्लेख गर्नुभयो ।
समितिका सभापति एवम् सांसद साहले विमानस्थलको प्रतिवेदनसमेत सुनाउँदै आफ्नो नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको तथा त्यहाँ निर्माणमा बजेटको कुनै अभाव हुन नदिने बताउनुभयो । सगरमाथा अञ्चलको सदरमुकाम भएपनि राजविराजबाट जहाज नउड्नु बिडम्बना भएको बताउँदै आगामी वर्षदेखि यस विमानस्थलबाट जहाज उड्ने उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा समितिका सदस्य एवम् सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जीतेन्द्रनारायण देवसहित अधिकांश सदस्यको उपस्थिति थियो ।
कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफुहरुबाट सक्दो सहयोग गरिने बताउनुभयो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय