काठमाडौंँ, १९ फागुन । काठमाडौँ भ्यु टावर निर्माण तीव्र रुपमा अघि बढेको छ ।
टावर निर्माण कम्पनी र काठमाडौँ महानगरपालिकाबीच लामो समय आन्तरिक छलफल नमिल्दा रोकिएको टावर निर्माणको कामले तीव्रता पाएको हो । कामपासँग भएको सम्झौतानुसार निर्माण सुरु गर्नका लागि तोकिको समयभन्दा झन्डै एक वर्ष ढिला सुरु गरिएको भए पनि अहिले निर्माणको कामले तीव्रता पाएको हो ।
अहिले टावर निर्माणका लागि पानी सञ्चय गर्ने ट्यांकी र निर्माण सामग्री राख्नका लागि गोदाम घरको निर्माण भइरहेको टावर निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द विकोइका प्रमुख मनोज भेटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती दुवै कार्य सकेसँगै निर्माणका अन्य कार्य सुरु हुनेछ । ‘जमिन खन्न दुई पाइलिङ मेसिनको आवश्यक पर्ने र अर्काे यन्त्र ल्याउने क्रममा छ, आउँदो शनिबारसम्ममा उक्त यन्त्र र निर्माणका लागि आवश्यक पर्ने अन्य सामग्री पनि ल्याइसक्ने हुंदा निर्माण थप द्रुत गतिमा अघि बढ्नेछ’, भेटुवालले बताउनुभयो ।
अहिले दैनिक ३० जनाले टावर निर्माणको काम गरिरहेका छन् । आगामी हप्तादेखि एक दिनमा एक हजारभन्दा बढीले रोजगारी पाउने बताइएको छ । समयमा नै निर्माण सुरु गरिने जनाउँदै निर्माण कम्पनीले अघिल्लो वैशाखमा नै बसपार्क खुला मञ्चलाई बनाएको थियो ।
विसं २०७२ मा गएको भूकम्पअघि नै टावर निर्माणका लागि सम्झैता भएको तर भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भए पनि ठेकेदारसंग कुरा नमिल्दा यसभन्दा पहिले टावर निर्माणको काम अघि बढ्न नसकेको कामपाको प्रवक्ता ज्ञानेन्द्र कार्कीको भनाइ छ ।
‘ठेकेदारसंग भूकम्पअघि २९ तला बनाउने सहमति भएको थियो’, कार्कीले भन्नुभयो, ‘भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियम विपरीत हुने देखियो । बाह्र तलाको बनाउने कुरा भयो । ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसार निर्माणको काम गर्न नपाउँदा यसअघि निर्माणको काममा समस्या आएको थियो ।’ कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक दुई करोड ३५ लाख रुपियाँ तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतले दरले बढ्दै जान्छ ।
टावरमा नेपाली कला र संस्कृति झल्कने योजना छ । सोका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा भवन बन्ने छ भने ६० प्रतिशत खाली राखिने छ । साठी प्रतिशत जग्गामा आकर्षक बगैँचा, आराम गर्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछ । टावरमा बस पार्क, चलचित्रघर, नाटकघर, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री पनि राखिने छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा