बुटवल, १८ फागुन । रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल निर्माण प्रारम्भ भएका छन् ।
सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन् ।
ती योजनाले रुपन्देहीको पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र जिल्ला सदरमुकामसँगको दूरी छोटिने भएको छ । यी सडक योजनाको लागत रु एक अर्ब १५ करोड ८२ लाख ८३ हजार १६५ रहेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ ।
यस्तै सैनामैना–१ कर्साघाटमा दानव नदी माथि पुल तथा सेमलार जोड्ने सडक करिब रु १४ करोड ६० लाख पाँच हजार ४४४ को लागतमा निर्माण गरिने भएको छ । एकसय अठ्ठाइस मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको पुल आव २०७५-०७६ मा निर्माण सम्पन्न हुने अनुमान छ ।
यो पुलले सैनामैनालाई दानव नदीपारिको ग्रामीण क्षेत्रसंग जोड्नुका साथै भैरहवा, अन्तर्राष्ट्रिय विमानस्थलबाट नहरपुर बेलबास बेथरी सडक हुँदै सिधा अन्तर्राष्ट्रियस्तरको सम्पर्क बढाउने विश्वास गरिएको छ ।
क्षेत्रीय तथा पर्यटकीय सडकअन्तर्गत सैनामैना चक्रपथ सडक समेत एकैसाथ निर्माण प्रारम्भ भएको छ । रु ६९ करोड ९८ लाख ९९ हजार ४५९ को लागतमा निर्माण गरिने सो चक्रपथ आव २०७४-०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।
यस्तै मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक सम्भावित प्रादेशिक सडकको रुपमा यसलाई अगाडि बढाइएको छ । यो सडकको बजेट रु ११ करोड, ७९ लाख ९७ हजार १६४ मा बोलपत्र स्वीकृत गरिएको हो ।
यस्तै,रामापुर–लुम्बिनी सडक निर्माणका रु नै करोड ७० लाख ५२ हजार ३२८ मा बोलपत्र स्वीकृत भएको छ । क्षेत्रीय तथा पर्यटकीय सडकको रुपमा निर्माण गरिने यो सडक आव २०७४-०७५ सम्ममा निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ ।
निर्माण सुरु गरिएका यी योजनाको पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) उपमहासचिव विष्णु पौडेलले मङ्गलबार एकै दिन शिलान्यास गर्नुभएको थियो ।
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण