काठमाडौँ, १६ फागुन । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका आयोजना कार्यान्वयनमा लापर्बाही नगर्ने प्रतिबद्धता सम्बद्ध निकायका पदाधिकारीले व्यक्त गरेका छन् ।
सरकार, एडिबी र ती दुवै निकायको समन्वयमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका आयोजनाका चुनौती र भावी योजनाबारे छलफल गर्न यहाँ आयोजित त्रिपक्षीय समीक्षा बैठकको समापन सत्रमा आज उनीहरुले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पछिल्लो समयमा परियोजना कार्यान्वयनमा केही प्रगति हासिल भए पनि त्यसले द्रुतगति लिन नसकेको स्वीकार गर्दै सम्बद्ध निकायका पदाधिकारीले भविष्यमा विगतका गल्ती र कमजोरीबाट पाठ सिक्दै कार्यान्वयन तहमा क्रियाशीलता अभिवृद्धि गर्ने प्रण गरे ।
दक्षिण एसियाका लागि एडिबीका नायब महानिर्देशक दिवेश शरणले आयोजना प्रमुखको छोटो समयमा नै हुने परिवर्तनले कार्यान्वयन तहमा जटिलता उत्पन्न भएको वास्तविकता औँल्याउँदै कम्तीमा तीन वर्ष एउटै पदाधिकारीलाई जिम्मेवारी दिनु उपयुक्त हुने बताउनुभयो ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले विकासका आयोजनालाई गति दिन अर्थ मन्त्रालयले सहजकर्ताको समन्वयकारी भूमिका निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो ।
एडिबीका देशीय निर्देशक केनिची योकोयामाले मानव संशाधनका साथै ऊर्जा र सहरी क्षेत्रका आयोजना कार्यान्वयन चुनौतीपूर्ण रहेकाले तिनको निराकरणका लागि सरकारी निकायको सक्रियता आवश्यक भएको बताउनुभयो ।
बैठकमा एडिबीको सहयोगमा सञ्चालित २१ वटा आयोजनाको प्रगति समीक्षा भएको थियो ।
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]