काठमाडौँ, १४ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ मा चार विषयमा संशोधन प्रस्ताव दर्ता गराउने भएको छ ।
बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले भाषा, नागरिकता, सङ्घीयता र राष्ट्रिय सभा गठनबारे संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।
उल्लिखित चार विषयमा संशोधन प्रस्ताव लैजाने तयारी भएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले राससलाई जानकारी दिनुभयो । उहाँले संशोधन प्रस्तावबारे सरोकारवालासँग छलफल भइरहेको पनि बताउनुभयो ।
व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रक्रिया गत बिहीबार सुरु भएको थियो ।
सरकारले गत मङ्सिर १४ गते सो प्रस्ताव संसद्मा दर्ता गरेको थियो ।
संसद्ले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने