
काठमाडौँ, १४ फागुन । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ दशमलव ४६ अङक्मा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको कारोबार भएको छ । जसअनुसार २८ हजार ०६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार ३५० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ६ दशमलव ४३ प्रतिशत बढी हो । गतसाता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २९ हजार ३२७ कारोबारबाट रु दुई अर्ब ५८ करोड १४ लाख १५ हजार बराबरका ७९ लाख सात हजार ७२० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ७ दशमलव २८ अङ्कले घटेर २९० दशमलव ८८ अङ्कमा आइपुगेको छ ।
यससाता कारोबार रकम रु १४ करोड ८८ लाख ६० हजारको आधारमा बैंक अफ काठमाडौँं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (रु तीन लाख ८४ हजार कित्ता) को आधारमा एनआइबीएल संमृिद्ध फन्ड एक अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार सङ्ख्या (एक हजार ५२९ वटा) को आधारमा बैंक अफ काठमाडाँैं लुम्बिनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋण पत्रको कुनै पनि कारोबार भएन । यो साता एभरेष्ट फाइनान्स लिमिटेड एक लाख ९९ हजार ४०३, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड एक लाख, सहारा विकास बैंक लिमिटेड ८२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको छ लाख र मुक्तिनाथ विकास बैंक लिमिटेडको २८ लाख ५० हजार ६७१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
त्यसैगरी यसैसाता अरनीको डेभलपमेन्ट बैंक लिमिटेडको नौ लाख २८ हजार १९०, सहारा विकास बैंक लिमिटेडको तीन लाख ५४ हजार र मुक्तिनाथ विकास बैंक लिमिटेडको ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद सेयर तथा टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेड १३ लाख २८ हजार २७२ अभिलेख सूचीकृत भएका छन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने