सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्र भइरहेको छ–अध्यक्ष थापा

केन्द्रीय अध्यक्ष कमल थापा

काठमाडौँ, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको सनातन परम्परा, हिन्दू सभ्यता र वैदिक मान्यता नै नेपालको राष्ट्रिय पहिचान भएकाले त्यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–२ स्थित कामतानाथ शिवलिङ्ग प्राण प्रतिष्ठा तथा मन्दिरको आज उद्घाटन गर्दै अध्यक्ष थापाले नेपाली परम्परा, संस्कार तथा प्राचीन मूल्य मान्यता अहिले सङ्कटमा परेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले विदेशी शक्तिले मुलुकको धर्म संस्कृतिलाई कमजोर बनाएर राष्ट्रलाई सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्र गरेको बताउँदै देशको सामाजिक, आर्थिक रुपान्तरणका लागि धर्म, संस्कृति र परम्परालाई मेटाउन नहुनेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का सांसद रामेश्वर फुँयालले धर्म, संस्कृति तथा प्राचीन सभ्यताको रक्षा गरेर मात्र मुलुकको सामाजिक सद्भाव र एकता कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । स्व भक्तबहादुर खडकाको स्मरणमा उहाँको परिवारजनले सो मन्दिर निर्माण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री