
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिकमञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा हेलिकप्टर प्रदर्शन गरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १२ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना राष्ट्रको पहरेदार र राष्ट्रिय एकताको प्रतिविम्बका रुपमा आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सेना दिवस २०७३ का उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–“समयानुसारको परिवर्तनलाई नेपाली सेनाले सदैव आत्मसात् गर्दै आएको छ, देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षाका लागि पूर्वजले देखाएको वीरताका गाथा नेपालको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरले लेखिएको छ ।”
पुर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधि निस्तेज गर्न नेपाली सेना हरहमेसा तयारी हालतमा रहेको जनाउँदै उहाँले हाम्रो अखण्ड सुनौलो इतिहासलाई जीवित राख्न एवं राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।
प्रधानसेनापतिले आजै छाउनीस्थित ‘सैनिक वीर स्मारक’ मा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । सोही क्रममा नेपाली सेनाको एक टुकडीले वीरवीराङ्गनाप्रति सम्मान गारतसमेत अर्पण गरेको थियो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय