काठमाडौँ, १२ फागुन । आफूहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको प्रहरी भन्दै न्युरोडबाट दाजुभाइलाई अपहरण गरी रकम लुट्ने पूर्व नेपाली सैनिकसहितको छ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
अपराध महाशाखाको टोलीले ती लुटेरालाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रुकुम, रनमा माइकोटका विश्वास घर्तीमगर, धन कुमार परियार गोरखा, ताप्ले गाविसका नारायण बानियाँ, अशोक बानियाँ, शिवबहादुर बानियाँ गोरखा नगरपालिकाका सुदीप थापा मगर रहेका छन् ।
पक्राउ परेकामध्ये शिवबहादुर बानियाँ र अशोक बानियाँ पूर्व नेपाली सैनिक रहेको प्रहरीले जनाएको छ ।
गत मङ्गलबार न्युरोडस्थित ग्लोबल आइएमई बैंकबाट प्रेमनारायण खराल र विधान खरालले चेक साटी नगद रु चार लाख २७ हजार झिकेर बाहिर निस्कने क्रममा अभियुक्तहरुले आफूहरु प्रहरी भएको बताएर डल्लुसम्म हिँडाएर लगेका थिए ।
डल्लुबाट खरालद्वयलाई ट्याक्सीमा चढाएर खुकुरी देखाई वसुन्धारा पुरयाएपछि उनीहरुको साथमा रहेको रकम र तीन थान चेक तथा पाँच थान आइफोनलगायत लुटेर लुटेराहरुले छाडिदिएका थिए ।
खराल दाजुभाइ हुन्डीको कारोबारमा संलग्न रहेकाले अनुसन्धान गर्ने भन्दै लुटेरा गिरोहले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा विश्वास घर्तीमगर र नारायण बानियाँले प्रहरीका लागि बेलाबेलामा सुराकीको काम समेत गर्ने गरेको खुलेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने