काठमाडौँ, १२ फागुन । आफूहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको प्रहरी भन्दै न्युरोडबाट दाजुभाइलाई अपहरण गरी रकम लुट्ने पूर्व नेपाली सैनिकसहितको छ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
अपराध महाशाखाको टोलीले ती लुटेरालाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रुकुम, रनमा माइकोटका विश्वास घर्तीमगर, धन कुमार परियार गोरखा, ताप्ले गाविसका नारायण बानियाँ, अशोक बानियाँ, शिवबहादुर बानियाँ गोरखा नगरपालिकाका सुदीप थापा मगर रहेका छन् ।
पक्राउ परेकामध्ये शिवबहादुर बानियाँ र अशोक बानियाँ पूर्व नेपाली सैनिक रहेको प्रहरीले जनाएको छ ।
गत मङ्गलबार न्युरोडस्थित ग्लोबल आइएमई बैंकबाट प्रेमनारायण खराल र विधान खरालले चेक साटी नगद रु चार लाख २७ हजार झिकेर बाहिर निस्कने क्रममा अभियुक्तहरुले आफूहरु प्रहरी भएको बताएर डल्लुसम्म हिँडाएर लगेका थिए ।
डल्लुबाट खरालद्वयलाई ट्याक्सीमा चढाएर खुकुरी देखाई वसुन्धारा पुरयाएपछि उनीहरुको साथमा रहेको रकम र तीन थान चेक तथा पाँच थान आइफोनलगायत लुटेर लुटेराहरुले छाडिदिएका थिए ।
खराल दाजुभाइ हुन्डीको कारोबारमा संलग्न रहेकाले अनुसन्धान गर्ने भन्दै लुटेरा गिरोहले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा विश्वास घर्तीमगर र नारायण बानियाँले प्रहरीका लागि बेलाबेलामा सुराकीको काम समेत गर्ने गरेको खुलेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता