बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: ०४:५५ | UK Time: 00:10

विधेयक छलफलको प्रक्रियामा लैजान सहमति

वीनेपाली
२०७३ फागुन १२ गते ११:५८

सभामुख ओनसरी घर्ती

काठमाडौँ, १२ फागुन । सरकार र प्रतिपक्ष व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् ।

आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा सो सहमति भएको सभामुख घर्तीले बताउनुभयो ।

आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले बताउनुभयो ।

“सहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु,” सभामुख घर्तीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक