काठमाडौँ, १० फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनुलाई सकारात्मक रुपमा लिएको छ ।
नेकपा (एमाले)को केन्द्रीय कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुलाई सकारात्मक रुपमा लिएको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा सबै राजनीतिक दल र कानुनी प्रक्रियालाई मिलाएर निर्वाचनमा जानुपर्ने र स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा निर्वाचन गर्नेपर्नेमा जोड दिएको थियो ।
बैठकले सबै राजनीतिक दललाई निर्वाचनमा भाग लिन, निर्वाचन बिथोल्ने कुनै पनि कार्य हुन नदिन र पार्टीका सम्पूर्ण कार्यकर्तालाई निर्वाचन अभियानमा लाग्न आह्वान गरेको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक