
बाग्लुङका १८ वर्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ओसन नामक गाडी भृकुटीमण्डपको परिसरमा सार्वजनिक गर्दै । तस्बिरः कृष्णराज गौतम, रासस
काठमाडौँ, ९ फागुन । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा १८ वर्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसियन’ नामको गाडी भृकुटीमण्डपमा बनाएर सार्वजनिक गरिएको हो ।
सो अवसरमा सुनारले भन्नुभयो, “म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यस बेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोबर्ट र हेलिकप्टर बनाएँ, आज आएर चार पाङ्ग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।”
सुनारले थप्नुभयो, “मैले गाडी रु ८० हजार लागतमा निर्माण गरेको हुँ, तीन लाख खर्च गरेर बनाउने हो भने राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरे हामी जस्ता केही गर्न चाहने युवाले स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ ।”
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय