काठमाडौँ, ७ फागुन । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जालमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ ।
उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पुरयाउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा मेलम्चीको पानी उपत्यकामा आउनु अघि नै पाइप बिछ्याउने कामसक्न ४० स्थानमा पाइप राख्ने काम भइरहेको जानकारी गराइयो ।
निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले पाइप बिछ््याउने क्रममा सडक खन्दा निस्कने धुलोलाई व्यवस्थापन गर्न वातावरण संरक्षण ऐन र एसियाली विकास बैंकको सुरक्षा उपाय (सेफ गार्ड) नीति बमोजिम काम भइरहेको बताउनुभयो ।
“दिउँसो काम गर्दा वातावरणीय असर बढी गर्ने र सवारी सञ्चालनमा समेत बाधा पुग्ने भएकाले काममा संलग्न निर्माण व्यवसायीलाई राति काम गर्न लगाइएको छ, राति काम गरी बिहानै सडक पुनःस्थापना गरिन्छ, सडक खन्ने स्थानमा हरियो नेट स्थापना गरी माटो त्यहीँ पर्ने व्यवस्था मिलाइएको छ”–उहाँले भन्नुभयो ।
निर्माण सकिनासाथ सडक पुनःस्थापना र कालोपत्र गर्ने गरिएको निर्देशनालयले जनाएको छ । पहिलो चरणको पाइप बिछ्याइ जेठ मसान्तसम्म सडक कालोपत्र गरिसक्ने सो अवसरमा जानकारी गराइयो । त्यसलगत्तै दोस्रो चरणको पाइप बिछ्याउने काम पनि सुरु हुनेछ ।
खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले पानी वितरण सञ्जाल निर्माण गर्दा धुलो कम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
एसियाली विकास बैंकका देशीय निर्देशक केनिची योकोयामाले वातावरणीय सन्तुलन नबिगारी काम गर्न तयार रहेको उल्लेख गर्नुभयो । मेलम्ची आयोजना दुईको रु २६ अर्ब बजेटमध्ये हालसम्म रु १२ अर्ब खर्च भइसकेको सो अवसरमा जानकारी गराइयो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने