काठमाडौँ, ७ फागुन । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको हेडक्वाटरको बैठकमा निर्वाचनका विषयमा भएका तयारी, पार्टीको आन्तरिक गतिविधि तथा अवस्थाका बारेमा छलफल भएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीति र माओवादी केन्द्रको सङ्गठनात्मक विषयबारे समीक्षा गरेको छ ।
बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहको निर्वाचनबारे सरकारले गरेको तयारी र राजनीतिक दलहरुसँग भएको संवादबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।
बैठकमा हेडक्वार्टर सदस्यहरुले पार्टी आन्तरिक सङ्गठनात्मक विषय, संविधान संशोधनको प्रक्रिया र स्थानीय तहको निर्वाचनबारे आफ्ना सुझावहरु राख्नु भएको थियो ।
यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, पार्टीका स्थानीय तहका समितिहरुको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बाँकी रहेका मोर्चा, जनवर्गीय सङ्गठन र विभागहरुको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर सङ्गठनात्मक कामलाई अघि बढाउने निर्णय गरेको छ ।
राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै बैठकले स्थानीय तहको निर्वाचन निर्विकल्प भएको निष्कर्ष निकालेको छ । हेडक्वार्टर सदस्यहरुले अन्तिमपटक सत्तारुढ नेपाली काँग्रेस, मधेसी मोर्चा र निर्वाचन आयोगसँग पनि छलफल गरेर एक दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको हेडक्वार्टर सदस्य तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिनुभयो ।
बैठक पुनः बस्ने गरी स्थगित भएको जनाइएको छ ।
फैलिँदै इरान–इजरायल युद्ध
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान जारी
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो