
काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा सहभागी केन्द्रीय अध्यक्ष कमल थापालगायत नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव पारित भएको छ ।
स्थानीय भृकुटीमण्डपमा आज पनि जारी कार्यक्रममा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गर्नुभएको सो प्रस्ताव परिमार्जनसहित पारित गरिएको छ ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार परिमार्जन गरिएपछि अध्यक्षसहित २७ जना पदाधिकारीको कार्यसमिति गठन गरिनेछ, जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, चार महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । अब १६३ केन्द्रीय सदस्यीय समिति बनाइने भएको छ ।
यसअघि एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको प्रस्ताव गरिएको थियो । १६१ केन्द्रीय सदस्यीय समितिका लागि प्रस्ताव गरिएको थियो ।
पार्टीका युवा नेता देवेन्द्र प्रधानले विधानको टुङ्गो लागेपछि मतदाता नामावली प्रकाशनको कार्य अगाडि बढाइने बताउँदै तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछि गरिएको महाधिवेशनमा नेताहरु नेतृत्वप्रति बढि केन्द्रीत देखिएकामा चिन्ता व्यक्त गर्नुभयो । । आइतबार विहान ८ बजेसम्मका लागि बन्द सत्र स्थगित भएको छ ।
पूर्वमन्त्री सुनिलबहादुर थापाले पार्टीका शीर्ष नेताबीच यही फागुन ४ गते भएको सहमतिले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता उत्साहित भएको अवस्थामा सोही सहमतिलाई कार्यान्वयन गर्नका लागि विभिन्न नेताले सुझाएको बताउनुभयो ।
हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनका पक्षमा पार्टीले एकता महाधिवेशनलाई केन्द्रीत गरेको छ । पार्टीका नेता किरण गिरीले अध्यक्षात्मक प्रणालीमा विधान बनेकाले २४ पदाधिकारीमध्ये सतप्रतिशत अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कुल १६१ पदका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले प्रतिस्पर्धा गर्ने निश्चित जस्तो भएको छ । त्यसैगरी केन्द्रीय सदस्यमा चर्चित कलाकार रेखा थापा, कोमल ओलीले पनि प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष पदमा सर्वसम्मति जुटाउनका लागि शीर्ष नेतृत्वबाट प्रयत्न भइरहेको जानकारी दिनुभयो ।
यसअघि शनिबार पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र तथा राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । देश तथा विदेशबाट आएका सहभागीको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो ।
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग