
अपराह्न ५१ किलो ४०० ग्राम लागुपदार्थ चरेससहित बिहीबार पक्राउमा परेका पाँच जनालाई शुक्रबार अपराह्न प्रहरीले सार्वजनिक गर्दै प्रहरी । सो चरेसको अन्तर्राष्ट्रिय बजारमा करौंडो मूल्य पर्दछ । तस्बिर ः प्रभाषचन्द्र झा, रासस, विराटनगर
विराटनगर, ६ फागुन । अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई आज अपराह्न प्रहरीले सार्वजनिक गरेको छ ।
विराटनगरको एक होटलबाट सूचनाको आधारमा बिहीबार अपराह्न ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्नेद्वय वर्ष १८ को राम गुरुङ, वर्ष १७ को अरुण गुरुङ र धादिङको भुमेस्थान–१ बस्ने वर्ष १८ को मिलन राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।
उनीहरुले चार वटा चरेसको प्याकेट बनाएर चारवटा सुटकेसमा फ्ल्स बटम बनाएर लुकाएर राखेका थिए । काठमाडौँबाट चरेससहित बिहीबार यहाँ आएका उनीहरु एक होटलमा आराम गर्न बसेका थिए ।
जोगबनी भएर भारतको कोलकत्ता बिहीबार नै जाने सुरसारमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताउनु भयो ।
उनीहरुको साथबाट रेलको टिकट, पाँच थान मोबाइल, भारतीय मुद्रा १४ हजार ४००, नेपाली मुद्रा रु एक हजार र पाँच थान नेपाली नागरिकताका साथै बस चढेर काठमाडौँबाट विराटनगर आएका पाँच थान टिकट बरामद गरिएको छ ।
सो लागुपदार्थ चरेसको नेपाली बजारमा अनुमानित प्रतिकिलो रु ३० देखि ४० हजार, भारतीय बजारमा प्रतिकिलो रु ६० देखि ७० हजार र जापानमा प्रतिकिलो रु तीन लाखभन्दा बढी पर्ने गरेको प्रहरी उपरीक्षक भण्डारीले जानकारी गराउनुभयो ।
उनीहरुमाथि आजै लागुपदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।
यसअघि, गत पुस ६ गते विराटनगर–२१ बाट भारतको कोलकत्ता बस्ने वर्ष २५ को शेख रिमादलाई तीन किलो ४५ ग्राम चरेससहित प्रहरीले पक्राउ गरिएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता