काठमाडौँ, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “एकतन्त्रिय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।”
राप्रपा र राप्रपा नेपालबीच एकता हँुदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने सहमति उलङ्घन हँुदा लाखाँै कार्यकर्ताको उत्साह मर्ने भएकाले आफूले कार्यकर्ताको उत्साहलाई भर्न तथा पार्टीलाई प्रजातान्त्रिक हिसाबले अघि बढाउन उम्मेदवारी दिने निधो गरेको डा लोहनीले बताउनुभयो ।
महाधिवेशनमा आफनो विजय सुनिश्चित रहेको र पार्टीभित्र शक्ति सन्तुलन र नियन्त्रणमा आफूले खलल हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टी एकता हँुदा चुनाव चिन्ह हलो राख्ने सहमति भएको उहाँको भनाइ छ ।
पार्टी एकतापछि पछिल्लो समय राष्ट्रिय अध्यक्षको भूमिकामा रहनुभएका डा लोहनीले धर्म जीवनको अङ्श भएकाले धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म र राजसंस्थाको पक्षमा आफनो पार्टी रहेको उल्लेख गर्नुभयो ।
दुबै पार्टीको एकतापछि राप्रपाको पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो । यस अघि बिहीबार मात्रै कमल थापाले आफूलाई पार्टीले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको दाबी गर्नुभएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त