काठमाडौँ, ६ फागुन । पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ ।
यसअघि निर्माण भएका तीनवटा गुरुयोजनाले पशुपति क्षेत्रमा खुलास्थल वृद्धि गरेकाले ती ठाउँमा के कस्ता संरचना निर्माण गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न चौथो बृहत् गुरुयोजना निर्माण गर्न लागिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष जीवनबहादुर शाहीले पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गरिनुपर्ने बताउनुभयो ।
“पशुपति क्षेत्रलाई अध्ययनस्थल एवम् पावनस्थलका रुपमा विकास गरेमा विदेशी पर्यटक र गैरहिन्दूका लागि आकर्षकको केन्द्र बन्नुका साथै विश्वमा नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान हुनेछ”, उहाँले भन्नुभयो । पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने मन्त्री शाहीको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पुरातात्विक, धार्मिक, सांस्कृतिक, पौराणिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पशुपति क्षेत्रको गुरुयोजना निर्माण गर्दा सम्बन्धित विषयका विज्ञसँग रायसल्लाह लिनुपर्नेमा जोड दिनुभयो ।
कोषका सदस्यसचिव डा गोविन्द टन्डनले एक सातापछि तीन चरणमा धार्मिक, पौराणिक, सांस्कृतिक र वास्तुशास्त्रीय विषयका विज्ञलाई कार्यपत्र तयार गर्न लगाई कार्यशालामा प्रस्तुत गराई गुरुयोजना निर्माण गरिने जानकारी गराउनुभयो ।
कोषाध्यक्ष तारानाथ सुवेदीले राष्ट्रिय गौरवको पशुपति क्षेत्र आयोजनालाई समयमा नै सम्पन्न गर्न गुरुयोजना अत्यावश्यक भएको बताउनुभयो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]