
काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा सहभागी केन्द्रीय अध्यक्ष कमल थापालगायत नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडाँै, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन प्रदर्शनी मार्गस्थित सडकमा सुरु भएको छ ।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा ‘राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौँ’ भन्ने रहेको छ ।
चारवर्षे कार्यकालमा गरिएको महाधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष कमल थापाले दीप प्रज्ज्वलन गरी गर्नुभएको हो । यही फागुन ९ गतेसम्म महाधिवेशन भृकुटीमण्डपमा जारी रहने छ ।
सो सभामा सहभागीलाई पार्टीका उपाध्यक्ष टङ्क ढकालले स्वागत गर्दै जनताले चाहना गरेको शान्त र समृद्ध मुलुक निर्माणको उद्देश्यका लागि दुई पार्टी एक भई महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले मुलुक अहिले सङ्कटको अवस्थामा रहेकाले बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याउनुभयो ।
यसअघि राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता पशुपतिशम्शेर राणालगायतले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।

काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नृत्य गर्दै कलाकार । तस्बिर ः प्रदीपराज वन्त, रासस
पञ्चायती पृष्ठभूमि भएका नेपाली राजनीतिमा खारिएका नेताहरुको बाहुल्यता रहेको राप्रपा व्यवस्थापिका–संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ । महाविधेशनले आगामी चार वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
उक्त पार्टीको शीर्ष नेतृत्वमा पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापा रहनुभएको छ । महाधिवेशनमा भाग लिन स्वेदश तथा विदेशबाट गरी तीन हजार ३१५ प्रतिनिधिको सहभागिता छ ।
महाधिवेशनलाई सफल तुल्याउन ३०० पर्यवेक्षक परिचालन गरिएको छ । महाधिवेशनलाई भव्य र सव्य बनाउन महाधिवेशनस्थल वरपर पार्टीका झन्डा र ब्यानरबाट झकिझकाउ तुल्याइएको छ भने सुरक्षा व्यवस्थालाई कडा तुल्याइएको छ ।
नेपाली राजनीतिमा चतुर खेलाडीको उपनाम पाएका नेताहरु सम्मिलित राप्रपाले प्रजातन्त्र पुनःस्थापनापछि पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको थियो ।
महाधिवेशन उद्घाटनसत्रमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुले समेत सम्बोधन गर्नुहुनेछ ।
राप्रपाको यो महाधिवेशनलाई अरु राजनीतिक पार्टीले विशेष महत्व र चासोका साथ हेरेका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने