
नेकपा एमाले पार्टी कार्यालय धुमबारहीमा बुधबार बसेको पोलिटब्युरो बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ५ फागुन । नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सुरु भएको बैठकले संविधानको कार्यान्वयन र सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायित्वका लागि संविधानले निर्र्दिष्ट गरेको समयावधिभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रस्तावित विधेयक राष्ट्रिय हित र जनभावना विपरीत रहेको र यसका कतिपय प्रावधान संविधानको अक्षर र भावना विपरीतसमेत रहेको जनाउँदै पार्टीले त्यो पारित हुन नसक्ने कुरामा पुनः जोड दिएको छ । बैठकले उक्त संशोधन प्रस्ताव फिर्ता लिई मुलुकलाई निर्वाचनको दिशामा अग्रसर गराउन सरकारसँग माग गरेको छ ।
बैठकले यही फागुन २१ गतेदेखि सुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानलाई सफल बनाउन पार्टीका सम्पूर्ण तहगत कमिटी, जनसङ्गठन र जनसमुदायलाई आग्रह गरेको छ । बैठकले पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीका नाममा हालै प्रकाशित र प्रसारित कतिपय लिखत र अभिव्यक्तिमा भ्रामक र गलत सूचना पाइएको जनाउँदै त्यसको खण्डनसमेत गरेको पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभागका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता