
नेकपा एमाले पार्टी कार्यालय धुमबारहीमा बुधबार बसेको पोलिटब्युरो बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ५ फागुन । नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सुरु भएको बैठकले संविधानको कार्यान्वयन र सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायित्वका लागि संविधानले निर्र्दिष्ट गरेको समयावधिभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रस्तावित विधेयक राष्ट्रिय हित र जनभावना विपरीत रहेको र यसका कतिपय प्रावधान संविधानको अक्षर र भावना विपरीतसमेत रहेको जनाउँदै पार्टीले त्यो पारित हुन नसक्ने कुरामा पुनः जोड दिएको छ । बैठकले उक्त संशोधन प्रस्ताव फिर्ता लिई मुलुकलाई निर्वाचनको दिशामा अग्रसर गराउन सरकारसँग माग गरेको छ ।
बैठकले यही फागुन २१ गतेदेखि सुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानलाई सफल बनाउन पार्टीका सम्पूर्ण तहगत कमिटी, जनसङ्गठन र जनसमुदायलाई आग्रह गरेको छ । बैठकले पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीका नाममा हालै प्रकाशित र प्रसारित कतिपय लिखत र अभिव्यक्तिमा भ्रामक र गलत सूचना पाइएको जनाउँदै त्यसको खण्डनसमेत गरेको पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभागका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान