
राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार सामूहिक तस्बिर खिचाउँदै नवनियुक्त निर्वाचन आयुक्तहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा तीन जनालाई निर्वाचन आयोगको आयुक्त पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिको उपस्थितिमा आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्तसमक्ष नवनियुक्त आयुक्तत्रय नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले निर्वाचन आयोगको आयुक्त पदको पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक