डडेल्धुरा, ४ फागुन । आज भएको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक दुर्घटनामा परेको हो । सो दुर्घटनामा परेर भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र कामदेव चटौतको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
यस्तै दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै तथा भागेश्वर–७ का पदम मल्लको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । घाइते पाँच जनाको उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ । जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश सडक जोखिमपूर्ण छन् ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय