
नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै महासंघकोे केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायत पदाधिकारी । तस्बिर ः भीष्मराज ओझा, रासस
काठमाडौँ, २ फागुन । नेपाल पत्रकार महासङ्घले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै नेपाल प्रेस युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
युनियनका अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा पदाधिकारी तथा सदस्यसहितको टोलीले आज महासङ्घको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
युनियनले भोलि फागुन ३ गतेदेखि महासङ्घका जिल्ला अधिवेशन हुने वातावरण तयार नभएकाले सबै पत्रकारलाई अधिवेशनका नाममा हुने नाटक मञ्चनलाई अहसयोग गर्न पनि आह्वान गरेको छ ।
ताला लगाउने क्रममा अध्यक्ष सिग्देलले अझै पनि महासङ्घको नेतृत्वले वार्तामा आएर सदस्यता विवाद विषयको हल खोज्नेछ भन्ने विश्वास व्यक्त गर्दै अन्यथा महासङ्घको परिस्थिति अझ जटिल मोडमा जाने चेतावनी दिनुभयो ।
उहाँले महासङ्घलाई कुनै अमुक दल विशेषको भातृ संस्थाका रुपमा लैजाने खतराबाट महासङ्घको साझा चरित्रलाई बचाउन बाध्य भएर तालाबन्दी गर्नुपरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासङ्घले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति युनियनले अवगत गराउँदा गराउँदै पनि त्यसलाई बेवास्ता गरेकाका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनुभयो ।
केन्द्रबाटै मनपरी सदस्य थप्ने काम हुँदा करिब तीन हजार नयाँ सदस्यता थपी संस्थागत रुपमा महासङ्घलाई कब्जा गर्ने र फरक विचार राख्नेलाई सदासर्वदा बाहिर राख्ने उद्देश्यबाट महासङ्घको उच्च नेतृत्व उद्यत भएको महासचिव शिवाकोटीको भनाइ छ ।
युनियनले देशभरका ४० भन्दाबढी शाखामा महासङ्घको सदस्यतामा भएको अनियमितता, विभिन्न क्षेत्रीय संयोजक र केन्द्रीय समितिका जिम्मेवारले केन्द्रबाटै हुकुमी शैलीमा थपेका सदस्यता र नवीकरण गरिएको कार्य सह्य नभएको जनाएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता