
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार २२ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै। तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताउनुभएको छ ।
पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा आज २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, जरुरी परयो भने अर्को बलिदानी गर्न पनि तयार हुनुपर्छ ।”
दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै निर्वाचन हुन नसके मुलुकमा सङ्कट आइपर्ने बताउनुभयो ।
संविधान परिमार्जन गर्न सकिने गतिशील दस्तावेज भएकाले सबैको हकअधिकार रक्षाका लागि त्यसलाई परिमार्जन गर्न सरकारले तयारी गरेको उहाँले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले थप्नुभयो, “माओवादीले थालेको युद्ध नै राष्ट्रलाई एकतावद्ध बनाउने ऐतिहासिक कदम हो । माओवादीले नै मधेस, पहाड र हिमाललाई मिलाउनसक्ने स्थितिमा छ, किनकि जनयुद्धमा यी सबैको बलिदानी छ ।”
उहाँले संसदमा तेस्रो पार्टी भए पनि परिर्वतनको रक्षा गर्ने, राष्ट्रलाई एकतावद्ध गर्ने र राष्ट्रिय स्वाधीनतालाई रक्षा गर्ने सन्दर्भमा अहिले पनि आफ्नो दल पहिलो नम्बरमै भएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “निर्वाचनमा पार्टीले हारे पनि देश विजयी हुनुपरयो, तर जनयुद्धको मुद्दा र परिवर्तनलाई संस्थागत गर्न पार्टी विजयी हुनु पनि आवश्यक छ ।”
माओवादी क्रान्ति सफल हुँदै गएपनि पार्टी टुक्रिँदै जाँदा पार्टी कमजोर बन्दै गएको उल्लेख गर्दै उहाँले अर्को जनयुद्व दिवससम्म आइपुग्दासम्म सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट एक हुने विश्वास व्यक्त गर्नुभयो ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । अहिले बृहत् शान्ति सम्झौता भएको १० वर्ष पुगिसक्दा पनि जनआन्दोलनका बेपत्ता परिवारको सत्यतथ्य बाहिर आउन सकेको छैन र पीडितले राहत पनि पाउन सकेका छैनन ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ