
नेपाली काँग्रेस क्षेत्र नं. २ गोरखाले शनिबार पालुङटारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै नेका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर ः प्रशन्न पोखरेल, गोरखा, रासस
पालुङ्टार (गोरखा), २९ माघ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक सङ्कट टार्नका लागि आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराइसक्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं २ गोरखाले आज पालुङ्टारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले भन्नुभयो – “नेपाल अत्यन्त महत्वपूर्ण मोडमा उभिएको छ । संविधान हामीले बनायौँ तर यसको कार्यान्वयन हुन पाएको छैन । माघ ७ भित्र तीनवटा चुनाव भइसक्नुपर्छ । चुनाव भएमात्रै संविधानको पूरापूर कार्यान्वयन हुन्छ ।” आफ्नो पार्टी स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन छिटो गर्नुपर्ने पक्षमा रहेको देउवाले बताउनुभयो ।
संविधानमा उल्लेख भएअनुसार समयभित्रै निर्वाचन गरेर काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने उहाँको भनाइ छ । पहाड र मधेसबीच गहिरो खाडल सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उहाँले संविधान संशोधन पारित भएपछि मधेस र पहाडबीचको झगडा सदाका लागि अन्त्य हुने ठोकुवा गर्नुभयो ।
हिमाली, पहाडी र मधेसी मिलेर नेपाललाई बलियो, समृद्ध बनाउनुपर्नेमा देउवाले जोड दिनुभयो । काँग्रेस, माओवादी केन्द्रको संयुक्त सरकारले निर्वाचन गराएरै छाड्ने उहाँको भनाइ थियो ।
साथै, गोरखा, धादिङ सीमामा बगिरहेको बूढीगण्डकी नदीमा एकहजार २०० मेगावाट क्षमताको बन्ने भनिएको बूढीगण्डकी जलविद्युत् डुबान क्षेत्रका बासिन्दालाई उचित मुआब्जा वितरण गर्न, अनुदान रकम पाउनबाट छुटेका भूकम्पपीडितलाई निजी आवास निर्माणमा सहयोग गर्न र पुनःनिर्माणमा सघाउन काँग्रेसले पहल गर्ने देउवाले बताउनुभयो ।
यही सरकारले निर्वाचन गर्छ ः मन्त्री भण्डारी
सोही आमसभामा बोल्दै वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले पुष्पकमल दाहाल नेतृत्वको यही सरकारले स्थानीय, प्रदेश र केन्द्रको चुनाव गराउने भन्दै चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले) का नेताहरुले नक्कली राष्ट्रियताको मुद्दा उठाएर भोट बढाउने खेल खेलेकोमा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । पालुङ्टारमा स्मार्ट सिटी बनाउनेबारे आफूले पहल गरिरहेको र छिट्टै सरकारले ठोस निर्णय गर्ने उहाँको भनाइ थियो ।
चुनावको विकल्प छैन ः मन्त्री थापा
यसैगरी, सोही कार्यक्रममा स्वास्थ्यमन्त्री एवम् काँग्रेस केन्द्रीय सदस्य गगन थापाले स्थानीय निर्वाचन वैशाख अन्तिम साता र प्रदेश, केन्द्रको निर्वाचन पछि एकैपटक गर्नेगरी सरकार निर्वाचनको मिति घोषणा गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री थापाले भन्नुभयो – “कुनै अलमल बिना संविधान कार्यान्वयनमा जुट्नुपर्छ । संविधान कार्यान्वयनका लागि तीनवटा निर्वाचन गर्नु जरुरी छ । केन्द्रमा निर्वाचन गर्ने माहोल हामी बनाउँछौँ । स्थानीयस्तरमा कार्यकर्ताले निर्वाचनको माहोल बनाउनुपरयो ।”
डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिप्रति इङ्गित गर्दै मन्त्री थापाले नयाँ शक्ति नयाँ हुन नसक्ने बताउनुभयो । सिके राउतले देश बिखण्डन गर्नेजस्ता कुराहरु गर्दै आएको भन्दै थापाले मधेसका तन्नेरीले नै राउतलाई तह लगाउने पनि बताउनुभयो ।
काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङको अध्यक्षतामा भएको आमसभामा काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले काँग्रेस व्यक्ति होइन अभियान हो भन्नुभयो भने केन्द्रीय सदस्य कमला पन्तले भूकम्पपीडितहरु निजी आवास अनुदान पाउनबाट छुटेको भन्दै पार्टीको केन्द्रीय नेतृत्वले भूकम्पपीडितको समस्या समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयन गर्न र प्रजातन्त्रलाई मजबुत बनाउन जसरी पनि निर्वाचन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा काँग्रेस जिल्ला सभापति हरिबहादुर घले, लम्जुङ काँग्रेस सभापति भेषबहादुर पौडेल, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतार, नेपाल महिला सङ्घकी गोरखा अध्यक्ष मनकुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि नारायण गुरुङ, क्षेत्रीय सभापति गोविन्द गुरुङ, पालुङ्टार नगरपालिकाका नगर सभापति दीपक कँडेललगायतले मन्तव्य व्यक्त गरेको क्षेत्र नं २ का सचिव मानप्रसाद धितालले जानकारी दिनुभयो । आमसभा हेर्न गोरखा, तनहुँ र लम्जुङका काँग्रेसजन पालुङ्टार आएका थिए ।
विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको छ : मन्त्री घिसिङ
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया