काठमाडौँ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच स्थानीय निर्वाचन, संविधान संशोधनलगायत विषयमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
उहाँहरुबीच अन्य दलसँगको परामर्शमा निर्वाचनको मिति तय र संविधान संशोधनबारे कसरी सहमति जुटाउन सकिन्छ भन्नेबारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव र महान्यायाधिवक्तासमेत सहभागी छलफलमा नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्तिका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
सम्भवतः आइबार दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा ती विषयमा छलफल हुनेछ ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी