‘सातवटै प्रदेशमा आकर्षक पर्यटकीय गन्तव्य’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बहादुर बाँनिया शनिबार चितवनको सौराहामा खाना महोत्सव कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

रत्ननगर (चितवन), २९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बानियाले सरकारले सातवटै प्रदेशमा आकर्षक पर्यटकीयस्थल बनाउने योजना अघि बढाएको बताउनुभएको छ ।

चितवनको सौराहामा ११औँ सौराहा खाना महोत्सवको आज उद्घाटन गर्दै सौराहालाई ३ नं प्रदेशको पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो । हरेक प्रदेशमा एक–एक ठाउँलाई छनोट गरेर पर्यटकीयस्थल बनाई पूर्वाधारको विकास गर्ने सरकारले योजना ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।

लुम्बिनी र बेदको उद्गमस्थल नेपाल रहेकाले बेद र बुद्धलाई जोडेर सांस्कृतिक पर्यटनलाई विकास गर्र्नुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनलाई जैविक विविधता र संरक्षणसँग जोडेर पर्यटन विकास गर्नुपर्ने उहाँको धारणा थियो । पर्यटन विकास र समृद्धिका लागि पहिला राजनीतिक स्थिरता हुनुपर्ने राज्यमन्त्री बानियाले बताउनुभयो ।

“सरकार निजी क्षेत्रलाई सुविधा दिन तयार छ,” उहाँले भन्नुभयो । फागुन ५ गतेसम्म चल्ने सो खाना महोत्सवमा ६० भन्दा बढी कक्ष छन् । शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै लुम्बिनी अञ्चल प्रहरी प्रमुख दीपककुमार थापालाई उक्त अवसरमा सम्मान गरिएको थियो । यस्तै सौराहामा रेस्टुरेन्ट व्यवसायमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै स्वर्गीय जिवा चौधरीलाई मरणोपरान्त सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री