काठमाडौँ, २७ माघ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरबाहेक अन्य क्षेत्रमा आजदेखि लागू हुनेगरी विद्युत्भार कटौती अन्त्य गरेको छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले अनौपचारिक रुपमा विगत एक सातादेखि चितवनलाई विद्युत्भार कटौती अन्त्य गरिएको जानकारी दिनुभयो ।
उहाँले भारतबाट थप विद्युत् आयात भएपछि चितवनलाई पनि सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बुधबार भएको कार्यक्रममा एक-दुई दिनभित्रै विद्युत्भार कटौतीमुक्त गर्ने आश्वासन दिएको भोलिपल्टै जिल्ला विद्युत्भार कटौतीमुक्त भएको हो ।
विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले प्राधिकरणको निर्देशनअनुसार आजदेखि विद्युत्भार कटौतीमुक्त गरिएको बताउनुभयो ।
“दुईवटा औद्योगिक फिडर बाँकी छ, यसको पनि काम भइरहेकाले त्यो फिडरमा पनि छिट्टै हामी विद्युत्भार कटौती अन्त्य गर्दैछौँ”– पौडेलले भन्नुभयो ।
चितवनको टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत् मासिक रुपमा खपत हुँदै आएको छ । भरतपुर प्राधिकरणअन्तर्गत ६८ हजार ग्राहक छन् भने टाँडीअन्तर्गत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ । भरतपुरमा कुल रु एक अर्बको विद्युत् कारोबार हुनेगरेको इन्जिनियर पौडेलले बताउनुभयो । चितवनमा प्राविधिक चुहावट ३ प्रतिशत छ ।
विद्युत् प्राविधिक भरतपुर वितरण केन्द्रले आज एक सार्वजनिक सूचनासमेत जारी गरेर विद्युत्भार कटौतीमुक्त भएको जानकारी दिएको हो । यसलाई व्यवहारमा लागू गर्ने सर्वसाधारणले पनि विद्युत् खपतलाई कम गर्नेतर्फ लाग्न भनिएको छ । यसअघि सरकारले काठमाडौँ र पोखरालाई विद्युत्भार कटौती मुक्त गरिसकेको छ ।
विगतमा ३९ प्रतिशत चुहावट भएकोमा पछि चोरी नियन्त्रण अभियान सञ्चालन गरेर चुहावटलाई घटाएको हो । जिल्लामा सडक बत्तीबाट ठूलो रकम उठ्न बाँकी छ ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम