
उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका वकिलहरुले नेपाल बार एसोसियसनको कार्यालय काठमाडौँमा बिहीबार धर्ना दिदैँ । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २७ माघ । उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति संविधान र ऐन कानुन विपरीत भएको भन्दै प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा धर्ना दिएर आज प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले केन्द्रीय अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा घोषणा गरेको नामावली बुझाएका हुन् ।
जनकपुरमा बसेको कानुन व्यवसायी समन्वय समितिको यही माघ २२ गते बसेको बैठकले न्यायपरिषद्ले संविधान विपरीत उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेको भन्दै सामूहिक राजीनामा घोषणा गरेको समन्वय समितिका संयोजक सुनील पङ्कज कर्र्णले बताउनुभयो ।
अध्यक्ष केसीले न्यायपरिषद्ले समावेशी र समानुपातिकलाई स्थान नदिएकोप्रति बारको गम्भीर ध्यानाकर्षण भएको र आन्दोलनप्रति बारको ऐक्यबद्धता रहेको जनाउँदै न्यायका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो