
उच्च अदालतमा न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका वकिलहरुले नेपाल बार एसोसियसनको कार्यालय काठमाडौँमा बिहीबार धर्ना दिदैँ । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २७ माघ । उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति संविधान र ऐन कानुन विपरीत भएको भन्दै प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा धर्ना दिएर आज प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले केन्द्रीय अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा घोषणा गरेको नामावली बुझाएका हुन् ।
जनकपुरमा बसेको कानुन व्यवसायी समन्वय समितिको यही माघ २२ गते बसेको बैठकले न्यायपरिषद्ले संविधान विपरीत उच्च अदालतमा न्यायाधीश नियुक्ति गरेको भन्दै सामूहिक राजीनामा घोषणा गरेको समन्वय समितिका संयोजक सुनील पङ्कज कर्र्णले बताउनुभयो ।
अध्यक्ष केसीले न्यायपरिषद्ले समावेशी र समानुपातिकलाई स्थान नदिएकोप्रति बारको गम्भीर ध्यानाकर्षण भएको र आन्दोलनप्रति बारको ऐक्यबद्धता रहेको जनाउँदै न्यायका लागि लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा