
नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित स्व.पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम पुण्य स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत सहभागी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २६ माघ । संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो ।
काँग्रेस केन्द्रीय कार्यालयद्वारा आज सानेपामा आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयन र निर्धारित मितिमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । कोइरालाको अकल्पनीय रुपमा २०७२ माघ २५ गतेराति निधन भएको थियो ।
कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाको दृढ अठोटले संविधानबाट संविधान जारी गर्न सफल भएको उल्लेख गर्र्दै संविधान कार्यान्वयन अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो ।
जीवनभर सङ्घर्ष गर्नुभएका स्व कोइराला सफल नेता भएको उल्लेख गर्दै सभापति देउवाले निर्धारित समयभित्र संविधानअनुसार तीनै तहका निर्वाचन गर्न सकेमात्र राजनीतिक स्थायित्व भई २००७ सालदेखिको प्रजातन्त्र संस्थागत गर्ने लडाइँ अन्त्य हुने धारणा व्यक्त गर्नुभयो ।
निर्वाचनप्रतिको अन्योलताका सम्बन्धमा सभापति देउवाले आवश्यक कानुनसमेत पारित भइसकेको सन्दर्भमा कुनै पनि हालतमा निर्वाचन भएरै छाड्ने जिकिर गर्नुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको दृढ निश्चय, सिद्धान्तप्रतिको निष्ठा र असल आचरणको सबै नेता कार्यकर्ताले आत्मसात् गर्नुपर्ने बताउँदै संविधान जारी गर्दाको दृढता दलहरुले कार्यान्वयनमा पनि देखाउनुपर्ने उल्लेख गर्नुभयो ।
आगामी निर्वाचनको कार्यसूची तय गरी काँग्रेस जनतामाझ जानुपर्ने सुझाव दिँदै उहाँले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई टुङ्ग्याई शीघ्र निर्वाचन मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गर्दै संविधानको कार्यान्वयन र निर्धारित समयमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति श्रद्धाञ्जलि हुने बताउनुभयो ।
कार्यक्रममा पार्टी कोषाध्यक्ष एवम् शान्ति तथा पुनःस्थापना मन्त्री सीतादेवी यादवले संविधानको संशोधन नभई सफल कार्यान्वयन हुन नसक्ने बताउँदै पार्टीमा गुटउपगुटको अन्त्य गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका नेता एवम् पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, काठमाडौँ काँग्रेसका सभापति सबुज(कृष्ण) बानियाँ र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले मुलुक र जनताका लागि स्व कोइरालाले गरेको त्याग तथा योगदानका बारेमा चर्चा गर्दै संविधान कार्यान्वयनमा सबै दल एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता