लण्डन । युके भ्रमणमा रहनुभएका आचार्य निमसिंगे राम्जाली मगरलाई मगर संघ युकेमा स्वागत गरिएको छ ।
शनिबार मगर भवन फार्नब्रोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष नेम थापामगरले आचार्य निमसिंगेलाई स्वागत गर्नुभयो ।
महासचिव लाल पुनले संचालन गरेको कार्यक्रममा मगर संघ युकेका पूर्व अध्यक्षहरु कुलबहादुर थापामगर र दुतबहादुर पुन, नेपाल मगर संघका कोषाध्यक्ष कमला थापामगर, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुनमगर, नेपाल मगर संघकी युरोप र अमेरिका संयोजक शान्ति थापा कुँवर मगर, एनआरएन युकेका उपाध्यक्ष योगकुमार फगामीमगर, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, ग्रेटर रसमुर नेप्लिज कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा लगायतको उपस्थिति थियो ।
सो अवसरमा संघका अध्यक्ष थापाले मगर संघ युकेको गतिविधिका बारेमा जानकारी गराएका थिए । सोही दिन फार्नब्रो कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा आचार्य निमसिंगे लामाले प्रवचन दिएका थिए भने प्रवचनपछि प्रश्नोत्तर गरिएको थियो । साे कार्यक्रमकाे सन्चालन सहचिव रूद्र थापाले गरेका थिए ।
डोल्पा सहरताराका लामा सानै उमेरदेखि बौद्ध दर्शनको अध्ययनका लागेका हुन् । उनी नेपालमा बौद्धस्थित सेञ्जेन गुम्बा तथा युकेमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको गुम्बामा आवद्ध छन् । लामाकाे काइके मगर भाषामा एक पुस्तक प्रकाशित भइसकेकाे छ भने अर्काे प्रकाशनका क्रममा छ। लामालाई मगर संघका सल्लाहकारहरु राजेन्द्र राना र सुनिल रानाको पहलमा संघमा ल्याइएको हो ।
यसैगरी, साेही दिन मगर महिला सङ्घ युकेकाे प्रिएजीएम पनि सम्पन्र भएकाे छ । अध्यक्ष छविमाया पुनकाे अध्यक्षता र महासचिव सरला रानाकाे सन्चालनमा भएकाे साे कार्यक्रममा नेपाल मगर सङ्घकी काेषाध्यक्ष कमला थापा, हालै सम्पन्र नेपाल अादिवासी जनजाति महिला महासङ्घ बेलायतकाे महाधिवेसनबाट सचिवमा निर्वाचित सरला राना र सदस्य पार्वती थापालाइ सम्मान गरिएकाे थियाे ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई