मगर संघ युकेद्वारा लामा निमसिंगेलाई स्वागत

लण्डन । युके भ्रमणमा रहनुभएका आचार्य निमसिंगे राम्जाली मगरलाई मगर संघ युकेमा स्वागत गरिएको छ ।
शनिबार मगर भवन फार्नब्रोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष नेम थापामगरले आचार्य निमसिंगेलाई स्वागत गर्नुभयो ।

महासचिव लाल पुनले संचालन गरेको कार्यक्रममा मगर संघ युकेका पूर्व अध्यक्षहरु कुलबहादुर थापामगर र दुतबहादुर पुन, नेपाल मगर संघका कोषाध्यक्ष कमला थापामगर, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुनमगर, नेपाल मगर संघकी युरोप र अमेरिका संयोजक शान्ति थापा कुँवर मगर, एनआरएन युकेका उपाध्यक्ष योगकुमार फगामीमगर, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, ग्रेटर रसमुर नेप्लिज कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा लगायतको उपस्थिति थियो ।

सो अवसरमा संघका अध्यक्ष थापाले मगर संघ युकेको गतिविधिका बारेमा जानकारी गराएका थिए । सोही दिन फार्नब्रो कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा आचार्य निमसिंगे लामाले प्रवचन दिएका थिए भने प्रवचनपछि प्रश्नोत्तर गरिएको थियो । साे कार्यक्रमकाे सन्चालन सहचिव रूद्र थापाले गरेका थिए ।

डोल्पा सहरताराका लामा सानै उमेरदेखि बौद्ध दर्शनको अध्ययनका लागेका हुन् । उनी नेपालमा बौद्धस्थित सेञ्जेन गुम्बा तथा युकेमा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको गुम्बामा आवद्ध छन् । लामाकाे काइके मगर भाषामा एक पुस्तक प्रकाशित भइसकेकाे छ भने अर्काे प्रकाशनका क्रममा छ। लामालाई मगर संघका सल्लाहकारहरु राजेन्द्र राना र सुनिल रानाको पहलमा संघमा ल्याइएको हो ।

यसैगरी, साेही दिन मगर महिला सङ्घ युकेकाे प्रिएजीएम पनि सम्पन्र भएकाे छ । अध्यक्ष छविमाया पुनकाे अध्यक्षता र महासचिव सरला रानाकाे सन्चालनमा भएकाे साे कार्यक्रममा नेपाल मगर सङ्घकी काेषाध्यक्ष कमला थापा, हालै सम्पन्र नेपाल अादिवासी जनजाति महिला महासङ्घ बेलायतकाे महाधिवेसनबाट सचिवमा निर्वाचित सरला राना र सदस्य पार्वती थापालाइ सम्मान गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री