
लुम्बिनी, २४ माघ । रुपन्देहीमा तेजाब प्रहार गरी एक युवतीको हत्या गरिएको छ ।
आइतबार राति बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नं १०३ मा बास बस्न गएका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैँडाकोट–५ की २७ वर्षीया तुल्सा सापकोटालाई तेजाब प्रहार गरेको अभियोग प्रहरीले लगाएको छ ।
राति पौने १२ बजेतिर होटलमा बास बस्न गएका ती युवक र युवती मदिरा सेवन गरी सुतेको र सुतेको केही समयपछि झगडा हुँदा युवकले तेजाब प्रहार गरेको प्रहरीले बताएको छ ।
तेजाब प्रहार गर्दा गम्भीर घाइते भएकी सापकोटाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुन नसकी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो ।
सापकोटाको शव भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । अभियुक्त कोइराला भने प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार योजनाबद्ध तरिकाले कोइरालाले सापकोटालाई तेजाब प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’