
पर्सा, २१ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको हो ।
गत शुक्रबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति वार्डको बेड नं ६५ बाट हराएको बच्चा लालसादेवीले चोरी ल्याएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले विवाह भएको पाँच वर्ष बित्दासमेत आफ्नो सन्तान नभएका कारण अस्पतालबाट लालसादेवीले वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी मुकेश पासवानकी श्रीमती आशादेवी पासवानले जन्माएको बच्चा लालसा देवीले चोरी गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।
पक्राउ परेकी महिला लालसादेवीलाई कानुनबमोजिम कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिइएको बताउँदै उपाध्यायले अस्पतालको सुरक्षा व्यवस्थालाई बलियो बनाउन चौबिसै घण्टा सादा पोसाकमा प्रहरी खटाउन पनि स्थानीय प्रहरी प्रशासनलाई आदेशसमेत दिएको सञ्चारकर्मीलाई बताउनुभयो ।
घटनाको ४८ घण्टा नबित्दै बच्चाको सकुशल उद्धार र दोषी महिलालाई कानुनको दायरामा ल्याउन सफल भएका पर्साका प्रहरी उपरीक्षक गोविन्द साहलगायतका सुरक्षा अधिकारीलाई उपाध्यायले बधाई दिँदै उहाँले समाजमा भएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेपनि अपराध न्यूनीकरणका लागि समाजको सहयोग आवश्यक रहेको आवधारणा व्यक्त गर्नुभयो ।
आज दिउँसो करिब २ बजेको समयमा प्रहरीले उद्धार गरेको नवजात शिशुलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उद्धार गरिएको बच्चाको स्वास्थ्यमा सामान्य समस्या देखिएकाले उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालमा मेडिकल सुपरिन्टेन्डेट चित्तरञ्जन साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?