
काठमाडौँ, २२ माघ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था मिलाउने भएको छ ।
नेप्सेका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम(अड लट) धितोपत्र किनबेच हुनसक्ने व्यवस्था गर्ने भएको हो ।
यसअघि नियमित कारोबार समय (आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म) ‘अल अर नन’(एओएन) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने सङ्ख्याका धितोपत्र कारोबार हुँदै आएको थियो ।
यसरी अन्य किसिमका मागमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा माग खारेज हुने समस्या थियो ।
नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताउनुभयो ।
साताको नेप्सेमा ७६ अङ्कको वृद्धि
केही सातादेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता ७६ अङ्कले बढेको देखिएको छ ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७२ दशमलव ७५ अङ्कले बढेर अन्तिम दिन एक हजार ३८२ दशमलव ४५ अङ्कमा पुगेको छ ।
यससाता स्टक एक्सचेन्जमा १५६ कम्पनीको कारोबार भएको छ । जस अनुसार २० हजार ६६० कारोबारबाट रु दुई अर्ब २१ करोड ५३ लाख ७० हजार बराबरका ५९ लाख पाँच हजार पाँच सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा शुन्य दशमलव ६४ प्रतिशत कम हो ।
गत साता १५५ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयर खरिदबिक्री भएका थिए ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १६ दशमलव २८ अङ्कले बढेर ३०० दशमलव ३५ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकम (रु १४ करोड ५५ लाख ९० हजार) को आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या –आठ लाख ३१ हजार कित्ता) को आधारमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड अग्रस्थानमा छ ।
त्यसैगरी कारोबार सङ्ख्या (एक हजार ३१४) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ११ लाख, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ लाख ५० हजार, सिन्धु विकास बैैंक लिमिटेडको १२ लाख र प्राइम कमर्सीयल बैंक लिमिटेडको एक करोड २३ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।
त्यसैगरी तिनाउ विकास बैंक लिमिटेड र सिन्धु विकास बैैंक लिमिटेडको क्रमशः ६ लाख ८२ हजार र दुई लाख तीन हजार बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरको छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय