
नेपाली सेनाको व्यारेकमा शुक्रबार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति क्षेत्री । तस्बिर ः सिद्धराज भट्ट, रासस, धनगढी (कैलाली)
धनगढी, २१ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले बगाएको रगत र पसिनाकै कारण राष्ट्रिय अखण्डतामा आँच आउन नसकेको बताउनुभएको छ ।
कैलालीको तेघरीस्थित ५ नं बाहिनी अड्डामा आयोजित भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्दै उहाँले मातृभूमिको रक्षाका लागि नेपाली सेना सदैव एक जुट भएर लाग्ने स्पष्ट पार्नुभयो ।
सो अवसरमा नेपाली सेनाका रथी एवं कल्याणकारी बोर्डका चित्रबहादुर गुरुङले कल्याणकारी बोर्डले भूपू सैनिकको हकहितका सम्बन्धमा ल्याएको कल्याणकारी योजनामाथि प्रकाश पार्नुभएको थियो ।
भूपू सैनिक र तिनका परिवारको अनुभव साटासाट गर्ने देखिएका समस्या समाधानको पहल गर्ने उद्देश्यले आयोजित दुईदिने सम्मेलनमा सुदूरपश्चिमका भुपू सैनिक र तिनका परिवारजनको सहभागिता छ । कार्यक्रममा सुदूरपश्चिमको लोकसंस्कृति झल्किने विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा