काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन गराउने कार्यलाई सँगसँगै अघि बढाउन चाहिरहेकाले अन्यथा नसोच्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गर्नुभएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनिसकेका सन्दर्भमा स्थानीय निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेसँगै मोर्चाका नेताहरुको असन्तुष्टि सार्वजनिक भएपछि प्रधानमन्त्रीले उहाँहरुलाई आज साँझ छलफलमा आमन्त्रण गर्नुभएको थियो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले आयोगलाई तयारी गर्न सामान्य निर्देशन मात्र दिइएको र निर्वाचनको मिति घोषणा नभएको तथा संविधान संशोधनमा मोर्चाको माग सम्बोधन गर्न सरकार लागिरहेको भनी आश्वस्त पार्नुभएको जानकारी दिनुभयो । “संशोधन विधेयक पारित गर्न कसरी लाग्ने र आगामी जेठभित्र स्थानीय तहको निर्वाचन कसरी गर्ने भन्नेमा छलफल केन्द्रित भयो । चुनाव गराउन उत्पन्न गाँठाहरु फुकाउँदै जान प्रधानमन्त्रीको जोड थियो”,खनालले भन्नुभयो ।
छलफलमा सहभागी सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष अशोककुमार राईले परिमार्जनसहित संशोधन विधेयक पारित नभएसम्म निर्वाचनमा जान आफूहरु तयार नरहेको र त्यस्तो अवस्थामा आन्दोलन गर्न बाध्य हुने पुनःस्पष्ट पारिएको बताउनुभयो ।
मोर्चाले प्रदेशको विद्यमान सीमाङ्कनसहितको संविधान संशोधनपछि मात्र निर्वाचनमा जान दबाब दिँदै आएको छ । संविधानतः आगामी २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता सरकारलाई छ । सरकारले स्थानीय तह पुनःसंरचना आयोगलाई सरकारले दिएको मापदण्ड र उसको प्रतिवेदनमाथि प्राप्त गुनासा (मुख्य गरी प्रदेश नं २) का सम्बन्धमा अध्ययन गरी दुई साताभित्र सुझाव दिन मन्त्रिस्तरीय कार्यदल गठन गरेको विषयमा पनि मोर्चालाई जानकारी गराइएको थियो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?