वीरगन्ज, २१ माघ । नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल वीरगन्जबाट जन्मेको तीन घन्टाभित्र एक नवजात शिशु बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज उपमहानगरपालिका–१ छपकैया बस्ने मुकेश पासवानकी श्रीमती आशादेवीले आज बिहान १०ः३० बजे छोरालाई जन्म दिएकी थिइन् ।
करिब साढे १ बजे नवजात शिशु रुन थालेपछि अपरिचित एक महिलाले खेलाउने बहानामा उसलाई लिएर भागेकी थिइन् । सो महिला को थिइन् र शिशुलाई लिएर कहाँ गइन् भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अस्पताल व्यवस्थापनको लापरबाहीका कारण शिशु बेपत्ता भएको आफन्तले आरोप लगाउँदै केहीबेर विरोध तथा नारा जुलुस गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता