वीरगन्ज, २१ माघ । नारायणी उपक्षेत्रीय अञ्चल अस्पताल वीरगन्जबाट जन्मेको तीन घन्टाभित्र एक नवजात शिशु बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज उपमहानगरपालिका–१ छपकैया बस्ने मुकेश पासवानकी श्रीमती आशादेवीले आज बिहान १०ः३० बजे छोरालाई जन्म दिएकी थिइन् ।
करिब साढे १ बजे नवजात शिशु रुन थालेपछि अपरिचित एक महिलाले खेलाउने बहानामा उसलाई लिएर भागेकी थिइन् । सो महिला को थिइन् र शिशुलाई लिएर कहाँ गइन् भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अस्पताल व्यवस्थापनको लापरबाहीका कारण शिशु बेपत्ता भएको आफन्तले आरोप लगाउँदै केहीबेर विरोध तथा नारा जुलुस गरेका थिए ।
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
नेपालमा सवा ९ लाख मतदाता थपिए